उद्योग वाणिज्य महासंघ: वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन

वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन

उद्योग वाणिज्य महासंघ: वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उद्योग बाणिज्य महासंघको पहिलो चरणमा भएको निर्वाचनमा कोही उम्मेद्‍वारले ५१ प्रतिशत मत कटाउन नसकेपछि दोश्रो चरणको तयारी गरेको थियो ।

दोश्रो चरणको निर्वाचन हुनुअघि सहमतिका लागि केही समय मागेका उम्मेद्‍वारहरुले वरिष्ठ उपाध्यक्षमा अन्जनको पक्षमा सहमति गरेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।

श्रेष्ठ चयन भएपनि घोषणा हुन् बाँकी रहेको छ । महासंघ वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ प्रतिस्पर्धामा रहेका थिए ।

खबरपाटी
खबरपाटी