संघीय संसद सचिवालयद्धारा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान, कस्ले के –भने ?

संघिय संसद सचिवालयले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना

संघीय संसद सचिवालयद्धारा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान, कस्ले के –भने ?

काठमाडौं । संघिय संसद सचिवालयले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  आजदेखि पुरानो वर्षको अन्त्य भई भोलीबाट नयाँ साल सुरु हुने भएकाले आगामी दिनहरुमा समग्र विगतमा देखिएका समस्याहरुको समाधानमा सबैले हातेमालो गरेर अघि बढ्ने उल्लेख गरेका हुन।

सभामुख देवराज घिमिरे –२०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरु आएकाले जनताको आशा र अपेक्षा धेरै भएको बताएका छन् । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने सभामुख घिमिरेले बताए । विगतमा संसद् सेवामा धेरै आकर्षण भएपनि अहिले कमि आएको बताएका छन् । मुलुकको अर्थतन्त्रका कारण कर्मचारीलाई सेवा सुविधा प्रर्याप्त दिन नसकिएकाले आगामी वर्ष सेवा सुविधाका लागि प्रयत्न सभामुखले बताए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७९ साल निर्वाचनको वर्ष रहे पनि मुलुकले स्थिरता कायम गर्न नसकेको बताएका छन् । दुई महिनामै सरकार परिवर्तन हुनाले निरासा पैदा हुनका साथै सरकार स्थिर भएकाले राम्रो काम गर्नेले पनि अवसर नपाएको उनको भनाइ छ । शुभकामना आदानप्रदानका क्रममा उनले भने,‘वधेयकहरु समितिमा पठाउँदा ‘डिले’ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद् कुरा हो । समितिहरु ढिला हुँदा कर्मचारीसँग जोडिएका, मानवअधिकारसँग जोडिएका र जनताको दैनिक जीवनसँग जोडिएका विधेयकहरु अघि बढ्न नसकेको बताए ।

यस्तै शुभकामना आदानप्रदानकै क्रममा उपसभामुख इन्दिरा रानाःआगामी वर्ष सुशासन, विकाससँग सम्बन्धित विधेयकहरु अघि बढाउन सकौं । आम चासोका विषयलाई सदनमा प्रवेश गराउनै पर्दछ । संसदलाई न्यायको मूर्तिका रुपमा स्थापित गराउन जनप्रतिनिधि र कर्मचारीको भूमिका हुने बताइन् ।

यस्तै सोही कार्यक्रममा संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतम र कर्मचारी युनियनका अध्यक्ष ठाकुर बेलबासेले जनप्रतिनिधिको थलोको इज्जत प्रतिष्ठा वृद्धि गर्न भूमिका खेल्ने बताएका छन् ।

खबरपाटी
खबरपाटी