वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ८४ औँ पटक रक्तदान गरेका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रमबाट उनले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यबाट वर्षको सुरुआत गर्न पाएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष लिङ्देनले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना समेत व्यक्त गरे ।
शुक्रबार आयोजित सो कार्यक्रममा अध्यक्ष लिङ्देन, महामन्त्री डा. धवल शमशेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, युवा संगठन अध्यक्ष सुजित केसी, युवा मोर्चा अध्यक्ष कैलाश कटुवाल लगायत ५७ जनाले रक्तदान गरेको जनाइएको छ ।