भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुग्नुभएको छ ।

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुग्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आज धनगढी आइपुग्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गर्नुभएको हो । चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र भोलि नै काठमाडौँ पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आउनुभएको हो रासस

खबरपाटी
खबरपाटी