वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई उहाँका भारतीय समकक्षी एस जयशङ्करले बधाई दिनुभएको छ । विदेशमन्त्री जयशङ्करले आज सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिनुभएको हो ।
आजै नियुक्त भई पदभार सम्हाल्नुभएका साउदलाई विदेशमन्त्री शङ्करले बधाई दिँदै द्विपक्षीय बहुआयामिक साझेदारीलाई अझ बलियो बनाउनसँगै काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ । साथै उहाँले मन्त्री साउदलाई नयाँ भूमिकामा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।