भोजपुरको अरुण नदी किनारमा निर्माण भइरहेको अरुण जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको निर्माणस्थल ।
प्रकाशित
मिति:५ वैशाख २०८०, मङ्गलवार
भोजपुरको अरुण नदी किनारमा निर्माण भइरहेको अरुण जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको निर्माणस्थल । अरुण गाउँपालिका वडा नं ६ र ७ मा पानीको समस्या झेल्दै आएका ७३३ परिवारलाई पानी खुवाउन चार वर्ष अघिबाट योजनाको काम थालिएको हो । प्रदेश सरकारबाट कम बजेट आएका कारण निर्माण ढिला भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । हालसम्म यहाँको मुख्य लाइनमा ट्याङकी निर्माण र पाइप बिछ्याउने काम भइरहेको छ । तस्बिर: युवराज विष्ट/रासस