काठमाडौं । आजबाट एसीसी प्रिमियर कप शुरु हुदैछ । आज काठमाडौंको मुलपानी मैदान र टियु मैदानमा समान १र१ खेल हुनेछन् । मुलपानी मैदानमा हुने खेलमा हङकङ र सिंगापुरबीच खेल हुँदैछ । यो खेल मुलपानी मैदानमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय खेल पनि हो । मुलपानी मैदानमा यस अघि विभिन्न राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुँदै आएको थियो ।
टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ । नेपालले घरेलु मैदानमा मलेसियासँग ५० ओभरको खेल पहिलो पटक खेल्न लागेको हो । दुवै खेल बिहान ९ बजे शुरु हुनेछ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १र१ खेल हुनेछ । वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।