पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली

आज दिउँसो देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली

काठमाडौं । आज दिउँसो देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा वागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भूभागहरुमा तुवाँलोको संभावना रहेको छ ।

आज राति देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू(भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी  भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा वागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ।

खबरपाटी
खबरपाटी