काठमाडौं । हाल सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आँशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू(भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा वागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। आज राति देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ।