चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा तथा देशका बाँकी  भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।आज राति देशका पहाडी भूभागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कारक्षणिक वर्षाको  सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ । 

खबरपाटी
खबरपाटी