एनआरटीले एपीएफलाई हराय

शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम ९एनआरटी ले शुक्रबार विभागीय टोली एपीएफलाई १(० ले पराजित गरेको छ ।

एनआरटीले एपीएफलाई हराय


 काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम ९एनआरटी ले शुक्रबार विभागीय टोली एपीएफलाई १(० ले पराजित गरेको छ ।च्यासल मैदानमा भएको खेलमा एनआरटीका लागि सन्जिब विष्टले दोस्रो हाफमा निर्णायक गोल गरे ।

सन्जिवले ७९औं मिनेटमा गोल गर्दै एनआरटीलाई ३ अंक दिलाए ।

लिगमा तेस्रो जितपछि ११ खेलबाट १३ अंक जोडेको एनआरटी दशौं स्थानमा उक्लेको छ ।

पाँचौ हार बेहोरेको एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।

खबरपाटी
खबरपाटी