अर्थतन्त्र सुधारका लागि पूर्ण ऊर्जा लगाएको छुः अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हाम्रो साधन र स्रोत थोरै छ । गर्नुपर्ने काम धेरै छ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

अर्थतन्त्र सुधारका लागि पूर्ण ऊर्जा लगाएको छुः अर्थमन्त्री डा महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हाम्रो साधन र स्रोत थोरै छ । गर्नुपर्ने काम धेरै छ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

उहाँले केही विषयमा नीतिगत हस्तक्षेप नै गर्नुपर्ने सोचसमेत आफ्नो रहेको बताउनुभयो । अर्थमन्त्री एक्लैले आम चासो र चिन्तालाई सम्बोधन गर्न नसक्ने भएकाले तत्काल नतिजा नआउने भएकाले धैर्य गर्न उहाँले आग्रह गर्नुभयो ।

अर्थतन्त्रलाई चलायमान बनाउन र बाधा हटाउन पहल भइरहेको स्पष्ट पार्दै उहाँले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताउनुभयो । ब्याजदरमा भएको वृद्धिका कारण लगानीमैत्री वातावरण बन्न नसकेको उल्लेख गर्दै  उहाँले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकको नेतृत्वसँग पनि छलफल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी धेरै निरास नहोऔँ, अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ । केही समय धैर्य गरौँ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

उहाँले राज्यको प्राथमिकतामा नपरेका विषयमा अनुदान र ऋण लिन उचित नभएको बताउनुभयो । अर्थमन्त्री डा महतले आवश्यकता बाहिर सहयोग लिइरहेको भन्दै प्राथमिकता निर्धारण गरेर मात्र बाह्य सहयोग लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “प्राथमिकता निर्धारण गरेर लिनुपर्छ । के लिने नलिने के माग्ने नमाग्ने यथेष्ठ कुरा हुनुपर्छ ।”

वैदेशिक सहयोगमा सञ्चालित आयोजनासमेत विभिन्न अवरोधका कारण समस्या खडा भएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले पूर्वतयारी पूरा गरेर मात्रै परियोजना अगाडि बढाउन सकिए कुनै पनि समस्या नहुने बताउनुभयो ।
 

खबरपाटी
खबरपाटी