बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन

बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन

काठमाडौं । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ भने आयोगे आम मतदातालाई निर्वाचनमा ढुक्क भएर मतदा गर्न आग्रह गरेको छ । 

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

खबरपाटी
खबरपाटी