युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य

एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले सिङ्गापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले सिङ्गापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरसस्थत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै चार सय ७१ रनको योगफल तयार गरेको हो । युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रनको योगदान दिए । एक सय ३३ बल खेलेका उनले १७ चौका र सात छक्काको मद्दतमा एक सय ७४ रन जोडेका हुन् । 

त्यसैगरी युएईका कप्तान मोहम्मद वासिमले उक सय ६० रन जोडे । उनले ८२ बलमा नौ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाएका हुन् । आयन अफजल खानले ७४ रन बनाए । उनले ५० बलमा नौ चौका तीन३ छक्कासहित ७४ रन बनाएका हुन् । 
    
यस्तै युवा ओपनर आर्यन लाक्रा सात बलमादुई २ चौकासहित १२ रनमा आउट भए । आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट भए ।     बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै विनोथ भास्करनले दुई विकेट लिदाँ मनप्रित सिंहले एक विकेट लिए । रासस

खबरपाटी
खबरपाटी