आज मुलपानी मैदानमा नेपालले साउदीको सामना गर्ने

आज मुलपानी मैदानमा नेपालले साउदीको सामना गर्ने

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले आज सोमबार सामना गर्दैछ ।

नेपालले मुलपानी मैदानमा साउदीकोको सामना गर्नेछ । नेपाल र साउदीबीचको खेल बिहान नौ बजे सुरु हुनेछ।

उपाधि दाबेदार नेपाल आज साउदीलाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ । नेपाललाई घरेलु दर्शकको उत्तिकै साथ रहनेछ ।

साउदी पनि नेपाललाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ ।

नेपाल र साउदी अरेवियाबीच अहिले सम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ ।

नेपाल र साउदीबीचको एक मात्र भेट २०१२ मा युएईमा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको थियो । 

यो खेल नेपालले ९ विकेटले जितेको थियो । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ुएु मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह  बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

खबरपाटी
खबरपाटी