वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
११ वैशाख, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का उम्मेदवार स्वर्णिम वाग्लेले निरन्तर अग्रता लिएका छन् ।
आइतबार मध्यरातमा सुरु भएको गणनामा सुरुदेखि अग्रता लिएका उनले अहिले झण्डै ५ हजार मतले अगाडि छन् । यो समाचार तयार पार्दासम्म २२ हजार ३५८ मत गणना भएको छ, जसमा वाग्लेले ११ हजार ६७७ मत पाएका छन् ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ७८७ र एमालेका सर्वेन्द्र खनालले ३ हजार ८०३ मत पाएका छन् ।
४२ वटा वडा रहेको तनहुँ( १ मा आइतबार भएको मतदानमा ६३ हजार ७५७ मत खसेको थियो । अहिलेसम्म गणना भएका १२ वटा वडालाई हेर्दा खसेको मतको ५० देखि ६० प्रतिशत मत रास्वपा उम्मेदवार स्वर्णिमले पाएको देखिन्छ ।