फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि सात वटा जहाज नेपाली आकाशमा होल्ड

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९स्२० बजे उडेपछि फ्लाई दुबईको एउटा इन्जिनमा समस्या आएको थियो।

फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि  सात वटा जहाज नेपाली आकाशमा होल्ड

फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि केहीबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन्। 

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९स्२० बजे उडेपछि फ्लाई दुबईको एउटा इन्जिनमा समस्या आएको थियो। उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो। 

त्यसपछि उक्त जहाज नेपालमै अवतरण गर्ने कि दुबई फर्किने भन्ने टुंगो लागेको थिएन। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारीका अनुसार एउटा इन्जिनबाटै दुबई पुग्न सकिने भनेपछि जहाज नेपालबाट उडेको हो।

त्यसक्रममा नेपाली आकाशमा रहेका सात वटा जहाज होल्ड भएका हुन्। 

एयर अरेबिया, मलेसियन एयर, सिंगापुर एयर र बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन‍्। अहिले यी सबै जहाज ल्यान्ड गर्ने क्रममा छन्। 

 

खबरपाटी
खबरपाटी