ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ ।

ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराउनुभयो । 

सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५९१० बमोजिम सभालाई जानकारी गराउनुभएको हो ।रासस

खबरपाटी
खबरपाटी