रास्वपाद्वारा मतदातालाई धन्यवाद

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा प्राप्त मत तथा सफलताका लागि आममतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा सहयोगीलाई कृतज्ञता ज्ञापन गरेको छ ।

रास्वपाद्वारा मतदातालाई धन्यवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा प्राप्त मत तथा सफलताका लागि आममतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा सहयोगीलाई कृतज्ञता ज्ञापन गरेको छ । 

सो पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले आज सूचना जारी गर्दै सफलतासँगै पार्टी निर्माण गर्र्दै राष्ट्र निर्माण गर्ने दायित्वबाट निष्क्रिय रहने छुट नरहेकाले जनमतले गरेको अपेक्षाअनुरुप निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस

खबरपाटी
खबरपाटी