एसीसी प्रिमियर कपः नेपाल र कतार भिड्दै

एसीसी प्रिमियर कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा आज कतारसँग खेल्दैछ।

एसीसी प्रिमियर कपः नेपाल र कतार भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा आज कतारसँग खेल्दैछ।

समूह ए मा रहेको नेपालले समूह चरणको अन्तिम खेल टियु मैदानमा बिहान ९ बजेबाट खेल्नेछ। समूह ए बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागि सकेको अवस्थामा यो खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । 

यस समूहबाट नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको थियो । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । 

खबरपाटी
खबरपाटी