भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा

रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब रु १३ लाख बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ ।

भन्सार छली ल्याइएको गहुँ र युरिया मल नियन्त्रणमा

काठमाडौं । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब रु १३ लाख बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले आज अपराह्न  जिल्लास्थित मायादेवी गाउँपालिका वडा नं ७ गरकट्टी हुँदै भन्सार छली ल्याउँदै गरेको ४० क्विन्टल गहुँ र ३० क्विन्टल युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ भन्सार छली लु१त ९७८० नंको ट्र्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ट्रयाक्टरसहित करिब रु १२ लाख ८० हजार बराबरको खाद्यान्न तथा युरिया नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ । रासस

खबरपाटी
खबरपाटी