खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध ब्याटिङ गर्दै छ ।
टीयु क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
एसीसी प्रिमियर कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा आज कतारसँग खेल्दैछ।
समूह ए बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागि सकेको अवस्थामा यो खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
यस समूहबाट नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको थियो । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो ।