नेपाल १५७ रनमा अल आउट, सन्दीपको ४२ रन

राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारबिरुद्ध नेपाल १ सय ५७ रनमा अलआउट भएको छ ।

नेपाल १५७ रनमा अल आउट, सन्दीपको ४२ रन

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारबिरुद्ध नेपाल १ सय ५७ रनमा अलआउट भएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो । 

नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४२ रन बनाए । 

कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए । 

दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए । 

अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो । 

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए । 

 

खबरपाटी
खबरपाटी