लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिनुहुने भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आगामी सोमबार विश्वासको मत लिने

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिनुहुने भएको छ । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थाल्नुभएको हो ।

बिहीबार नियुक्त हुनुभएका मुख्यमन्त्री चौधरीले आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथपश्चात राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार विश्वासको मत लिने निर्णय गरेको विना विभागीय मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो । 

सोमबार विश्वासको मत लिएपछि मङ्गलबारभित्र सरकारलाई पूर्णता दिने योजना मुख्यमन्त्रीले बनाउनुभएको छ । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन, राष्ट्रिय जनमोर्चा, नेकपा ९एकीकृत समाजवादी०का एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ । 

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी योजना तथा कार्यक्रम निर्माण गर्नेभएको छ । मुख्यमन्त्री चौधरीले कार्यभार सम्हालेको पहिलो दिन आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सिर्जना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पु¥याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको छ । रासस

खबरपाटी
खबरपाटी