वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतबिरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ ।
टियु मैदानमा भएको टसमा कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ ।
कुवेत पनि सोहि लक्ष्यमा हुनेछ । कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलसन झाको स्थानमा करण केसीले स्थान बनाएका छन् ।