खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । वर्षा कारण रोकिएको एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओभरको हुने भएको छ।
डेढ घन्टा रोकिएको खेल सवा १२ फेरि सुचारु हुने बताइए पनि मैदानमा फेरि पानी पर्न सुरु भएको छ। जसका कारण खेल सुरु हुन फेरि ढिलाइ हुने भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको थियो।
नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मुल्ल ३२ रन बनाएर खेलिरहेका छन्।