खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
घरेलु टिम नेपालविरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले पहिलो विकेट गुमाएको छ ।
नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन् । सोमपालले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराए ।
योसँगै नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।
नेपाली टिममा एक परिवर्तन भएको छ। प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो।
समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।