काठमाडौं । कीर्तिपुरमा जारी नेपाल र यूएईबिचको खेल वर्षाका कारण रोकिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत आज भइरहेको फाइनल खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको थियो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपाली बलरहरुले राम्रो प्रदर्शन गरिरहेका छन् ।
यूएईले पहिलो विकेटका रुपमा कप्तान मोहम्मद वसीम र दोस्रो विकेटका रुपमा बिस्फोटक ब्याटर बृत्य अरबिन्दलाई गुमायो । ३.१ ओभरमा ११ रन बनाएर खेलिरहेका वसीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच आउट गराए। त्यस्तै ४.५ ओभरमा करण केसीले अरबिन्दको विकेट लिएका हुन्।
यूएईका आर्यन लाक्रा, रमीज शहजाद र रोहन मुस्ताफा पनि पेबिलियन फर्किसकेका छन्। ८.१ ओभरमा करन केसीको बलमा लाक्रा क्याच आउट भएका हुन् । उनले १३ रन बनाए ।
त्यस्तै, लगत्तै अर्को ओभरमा शहजाद ललित राजबंशीको बलमा गुलसन झाको हातबाट क्याच आउट भए । उनले मात्रै १ रन बनाउन भ्याएका थिए।
यूएईले पाँचौँ विकेट भने मुस्ताफाको रुपमा गुमायो। २ रन बनाउँदा उनी १३.१ ओभरमा सन्दीप लामिछानेको बलमा क्याच आउट भए।
आजको फाइनल जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा स्थान बनाउने छ।