अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गएराती (आईतबार) कम्बोडिया प्रस्थान गर्नुभएको   छ ।

अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गएराती (आईतबार) कम्बोडिया प्रस्थान गर्नुभएको   छ । 
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि अध्यक्ष तिमिल्सिना आइतबार राती कम्बोडिया प्रस्थान गर्नुभएको हो । 
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटि अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सम्बोधन गर्ने  कार्यक्रम छ ।  उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्दिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड  बुद्दिष्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदाबधी प्रदान गरिदैछ।
अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेश सभाका सदस्य अमन मास्के र संघीय संसद सचिवालयका उपसचिव नुमराज खनाल रहनु भएको छ।
 

खबरपाटी
खबरपाटी