यूएईको ब्याटिङ कोल्याप्स हुँदै, ३५ रनमा गुमायो चौथो विकेट

यूएईको ब्याटिङ कोल्याप्स हुँदै, ३५ रनमा गुमायो चौथो विकेट

काठमाडौं । टस हारेको यूएईको ब्याटिङ कोल्याप्स हुँदै छ । घरेलु टिम नेपालविरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले चौथो विकेट गुमाएको छ ।

नेपाललाई चौथो सफलता ललितनारायण राजवंशीले दिलाएका हुन् । ललितले रामिज शाहजादलाई एक रनमा आउट गराए । यसअघि करण केसीले दुई र सोमपाल कामीले एक विकेट लिएका छन् । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । त्यस्तै, सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराएका थिए ।

खबरपाटी
खबरपाटी