खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान ९ बजे खेल शुरु हुनेछ ।
आजको विजेताले एशिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।
सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने युएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा युएईविरुद्ध नेपाल अपराजित रहेको छ ।