यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता, करणले ढाले किपर अरविन्दलाई

यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता, करणले ढाले किपर अरविन्दलाई

घरेलु टिम नेपालविरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले दोस्रो विकेट गुमाएको छ ।

नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन् भने करण केसीले दोस्रो सफलता दिलाएका हुन् । सोमपालले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराए । त्यस्तै करण के सी ले युएइका विकेट किपर अरविन्दलाई आउट गराएका हुन् । 

योसँगै नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।
 

खबरपाटी
खबरपाटी