सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा जारी

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा जारी

काठमाडौं । हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र वाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन ् चट्याङ्गसहित क्षणिक हल्का वर्षाको  सम्भावना रहेको छ ।  
आज राति कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आँशिक बदली रहनेछ।  वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको  सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी