रोकिएकै चरणबाट नेपाल र युएईको खेल शुरु हुँदै

निरन्तर वर्षाका कारण सोमवार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ ।

रोकिएकै चरणबाट नेपाल र युएईको खेल शुरु हुँदै

काठमाडौं । निरन्तर वर्षाका कारण सोमवार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल हुने भएको हो । आज बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ। 

फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । हिजो यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि  खेल रोकिएको थियो । 

टस हारेर ब्याटिङ गरेको यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् । 

खबरपाटी
खबरपाटी