लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । 

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बैशाख १९ गते मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । 

प्रदेश प्रमुखको कार्यालय बुटवलका सचिव प्रह्लाद पोखरेलले आज विज्ञप्ति प्रकाशित प्रकाशित गरी प्रदेश प्रमुखले हिउँदे अधिवेशन अन्त्य गर्नुभएको जानकारी गराउनुभयो । यसअघि लुम्बिनी प्रदेशसभाको आज दिउँसो बसेको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिनुभएको थियो । रासस

खबरपाटी
खबरपाटी