नेपाल एशिया कप क्रिकेटमा छनोटः युएई ७ विकटले पराजित, गुल्शनको उत्कृष्ट अर्धशतक

नेपालले यस वर्ष हुने एशिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

नेपाल एशिया कप क्रिकेटमा छनोटः युएई ७ विकटले पराजित, गुल्शनको उत्कृष्ट अर्धशतक

काठमाडौं । नेपालले यस वर्ष हुने एशिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । 
एसीसी प्रिमियर लिगको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल दोस्रोपटक एशिया कपका लागि छनोट भएको हो ।

युएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पूरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले युएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् । उनले ८४ बलमा ६७ रन बनाए भने भीम सार्कीले ७२ बलमा ३६ रन बनाए । सो क्रममा झाले उनले ६ छक्का र ३ वटा चौका प्रहर गरे ।  त्यस्तै सार्कीले ४ वटा चौका प्रहर गरे । कुशल भुर्तेल १, आसिफ सेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भएका थिए । 

खबरपाटी
खबरपाटी