आमाछोरा १७ दिनदेखि बेपत्ता

तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उहाँका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् ।

आमाछोरा १७ दिनदेखि बेपत्ता

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उहाँका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् । दुवैजना यही वैशाख ३ गतेदेखि बेखबर छन् । 

माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताउनुभयो । “आमाछोराको  खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ”, उहाँले भन्नुभयो । 

भारतको रोजगारीमा रहनुभएका विक श्रीमती हराएको खबर पाएलगत्तै नेपाल फर्किनुभएको हो । रासस

खबरपाटी
खबरपाटी