नेपालले के जितेको भनेर प्रधानमन्त्री अनभिज्ञ

"एसिया कप विजेता नेपाली टोलीलाई बधाई"

नेपालले के जितेको भनेर प्रधानमन्त्री अनभिज्ञ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । मंगलबार नेपालले यूएईमाथि सात विकेटको जीत हासिल गरेको हो ।

प्रधानमन्त्री दाहालले एक ट्वीट गर्दै नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् । उनले खेलाडीहरुको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यद्यपि, प्रधानमन्त्री दाहाल नेपालले के जितेको हो भनेर अनभिज्ञ देखिएका छन् । उनले ‘एसिया कप विजेता’ नेपाली टोलीलाई बधाई दिएका छन् । यद्यपि, आज नेपालले एसिया कप जितेको भने होइन, आजको जीतपछि नेपालले एसिया कपमा स्थान बनाएको हो ।

खबरपाटी
खबरपाटी