काठमाडौँमा दुई नयाँ नाटक

गत शुक्रबारदेखि थापागाउँस्थित मण्डला नाटकघरमा साङ्गीतिक नृत्यनाटिका ‘जुनः मोर द्यान अ फेयरी टेल’ र सिनामङ्गलमा रहेको पुरानो घरमा ‘चे इज ब्याक’ मञ्चन भइरहेको छ ।

काठमाडौँमा दुई नयाँ नाटक

काठमाडौं । गत शुक्रबारदेखि थापागाउँस्थित मण्डला नाटकघरमा साङ्गीतिक नृत्यनाटिका ‘जुनः मोर द्यान अ फेयरी टेल’ र सिनामङ्गलमा रहेको पुरानो घरमा ‘चे इज ब्याक’ मञ्चन भइरहेको छ । मञ्चन भइरहेको दुई नयाँ नाटकले राम्रो प्रतिक्रिया पाइरहेका छन् । परिकल्पनाकार तथा निर्देशक नम्रता केसी रहनुभएको साङ्गीतिक नृत्यनाटिका ‘जुनः मोर द्यान अ फेयरी टेल’ २४ वैशाखसम्म चल्ने जनाइएको छ । 

नाटिकामा मृणल श्रेष्ठ, प्रनेश श्रेष्ठ, मनिषा बस्नेत, मेलिशा घिमिरे, निकोल श्रेया तामाङ, गणेश श्रेष्ठ, अनु गौतम, कुन्ती सिमली, रिज्वन थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनमी बोहोरा, प्रियङ्का चम्लागाईं, दिलशा गुरुङ, शर्मिष्ठा दास, सुजता दास, सृष्टि दास र दृष्टि दाहालको अभिनय छ । सानै उमेरमा आमा गुमाएपछि सौतेनी आमा र दुई बहिनीसँग बस्दै आएकी जुनसामु नयाँ घर बसाउनुपर्ने बाध्यता साथै उनले आफ्नो रुचि र सपनासँग सम्झौता गर्नुपर्ने परिस्थितिलाई नाटिकामा देखाइएको छ ।

सिनामङ्गलस्थित पुरानो घरमा पारिवारिक कथावस्तुमा तयार पारिएको ‘चे इज ब्याक’ मञ्चन भइरहेको छ । जेठ ७ गतेसम्म चल्ने नाटकलाई निर्देशक कुन्दन चौधरी गर्नुभएको हो भने यसमा सुलक्षण भारतीको लेखन रहेको छ । नाटकमा अरुण पौडेल, रितेश कार्की, निशा दाहाल, मोनाली डङ्गोल, जयराम ढकाल, शिशिर गिरी, अर्विन्दकुमार मौर्य, प्रवीण खरेल, रौनक कार्कीलगायत गर्नुभएको छ । 

“मानिस भूत, वर्तमान र भविष्यमा विचरण गर्ने भएकाले यस्तै कल्पनाको दैरानमा भेटिएको मिठो सपनालाई ‘चे इज ब्याक’ले उतारेको छ”, निर्देशक चौधरीले भन्नुभयो । नाटकलाई दर्शकले रुचाउने पुरानो घर थिएटरको विश्वास छ । रासस

खबरपाटी
खबरपाटी