राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । 

सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ ।  
        
प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ । 
        
वर्षे अधिवेशनका रुपमा रहेको यस अधिवेशनको  प्रारम्भमै पूर्वबजेट छलफल हुनेछ । यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण बजेट  प्रश्तुत हुनेछ ।  रासस

खबरपाटी
खबरपाटी