वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । हाल देशभर सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागमा एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।