भावी पुस्तालाई परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्नेछ:  सभामुख

सभामुख देवराज घिमिरेले उभौली पर्वले भावी पुस्तालाई आफ्नो संस्कार, परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

भावी पुस्तालाई परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्नेछ:  सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले उभौली पर्वले भावी पुस्तालाई आफ्नो संस्कार, परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले “नेपालको मौलिक संस्कृतिसहितको एक प्रमुख समुदाय किराँतहरुको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस्” भनी कामना गर्नुभएको छ । 

वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनेर उभौली पर्व मनाउने गरिन्छ । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व प्रत्येक वैशाख पूर्णिमाका दिन भव्य रुपमा मनाउने चलन छ । सन्देशमा भनिएको छ, “किराँत धर्मावलम्बीहरुको पवित्र एवं महान् उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।” रासस

खबरपाटी
खबरपाटी