भोलेनाथलाई खुसी बनाउने खास दिन, पशुपतिनाथमा बिहान २ बजेदेखिनै भिड

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् ।

भोलेनाथलाई खुसी बनाउने खास दिन, पशुपतिनाथमा बिहान २ बजेदेखिनै भिड

नेपालसहित विश्वभरका हिन्दू धर्मावलम्बीले भगवान शिवको पूजा आरधना गरी मनाउँदै छन् । फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन शिवमन्दिर र शिवालयहरुमा श्रद्धालुको भीड लाग्ने गर्छ । शिवरात्रिमा श्रद्धालुहरु दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान शिवको आराधना गर्ने, भजन गाउने चलन छ ।

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् ।

बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए।

पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ ।

दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ ।

खबरपाटी
खबरपाटी