तराईमा आज पनि धुमधामका साथ मनाइओ होली पर्व (फोटो फिचर)
२४ फागुन २०७९, बुधवार
पोखरा महानगरपालिका २६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।
घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो । ब्रेक फेल भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएका प्रहरी प्रमुख केसीको भनाइ छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा धेरैजसो पोखरा विश्वविद्यालयबाट फर्किँदै गरेका विद्यार्थी रहेका छन् ।