नेपालले पहिलो विकेट गुमायो

नेपालको पहिलो विकेट पतन भएको छ । युएईसँग टस जितेर ब्याटिङ रोजेको नेपालले दोस्रो ओभरको पाँचौं बलमा विकेट गुमाउन पुग्यो ।

नेपालले पहिलो विकेट गुमायो


काठमाडौं । नेपालको पहिलो विकेट पतन भएको छ । युएईसँग टस जितेर ब्याटिङ रोजेको नेपालले दोस्रो ओभरको पाँचौं बलमा विकेट गुमाउन पुग्यो । 

 आइसिसी पुरुष विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको खेलमा नेपाललाई सुरुवाती झड्का लागेको छ ।

पछिल्लो केही म्याचमा सानदार ब्याटिङ गरिरहेका ओपनर ब्याटर आसिफ सेख डक आउट भएका छन् । 

गर या मरको अवस्थामा रहेको युएईले आज स्पिनरबाट बलिङ थालेको थियो । त्यही धरापमा आसिफ परे । सिधा विकेटतर्फ आइरहेको बलमा क्रस ब्याट चलाउँदा उनी एलबिडब्लु आउट हुन पुगे । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख शुन्य रनमा पेभेलियन फर्किएका छन् । नेपालले १.५ ओभर सकिँदा २ रन बनाएर खेलिरहेको छ । अहिले कुशल मल्ल र कुशल भुर्तेलले नेपालको पारी सम्हालीरहेका छन् । 

खबरपाटी
खबरपाटी