यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट, भारत र पाकिस्तानसँग खेल्ने

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट, भारत र पाकिस्तानसँग खेल्ने

 
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै घरेलु टिम नेपाल एसिया कपमा प्रवेश गरेको छ । योसँगै नेपालले एसिया कपमा विश्वविजेता टिम भारत र पाकिस्तानसँग खेल्नेछ ।

११८ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३०।३ ओभरमा तीन विकेटको क्षतिमा क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालका लागि गुल्सन झाले उत्कृष्ट ब्याटिङ गरे । 

वर्षाको कारण सोमबार प्रभावित भएको खेल आज यूएईले नेपाललाई झिनो लक्ष्य दिएको हो । वर्षाको कारण सोमबार २७।३ ओभरमा रोकिएको खेल आज यही अवस्थाबाट सुरू भएको हो ।

यूएईले ३३।१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । यूएईका लागि ११औँ नम्बरमा ब्याटिङ गर्न आएको जुनाइद सिद्धिकीले १० रनमा आउट भए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए ।

यसअघि सोमबार नेपालका लागि ललितनारायण राजवंशीले लगातार विकेट लिएका थिए । उनी ह्याट्रिक विकेट नजिक थिए । आज उनले २७।४ ओभरमा विकेट लिन नसकेपछि ह्याट्रिक विकेट पूरा भएन । तर ललितले सिद्धिकीको विकेट लिएसँगै यूएई अलआउट भएको हो ।

खबरपाटी
खबरपाटी