एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानको नेपालले चौथो विकेट लिएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिइसकेका छन् । उनले एकै ओभरमा दुई विकेट लिए । उनले आदिल शाफिकलाई आउट गरेसँगै सन्दीपले विश्व कीर्तिमान बनाए । उनले १२।३ ओभरमा विकेट लिए । १२।६ ओभरमा सन्दीपले ओमानका जिशान मक्सोदलाई शून्यमा आउट गराउँदै एकै ओभरमा दुई विकेट लिए । यसपछि सन्दीपले आफ्नो दोस्रो ओभरमै विकेट लिए । उनले कास्यप प्रजापतिलाई २५ रनमा आउट गराउँदै तीन विकेट लिएका हुन् ।
यसअघि ललितनारायण राजवंशीले पहिलो विकेट लिएका थिए । उनले ओमानका जतिन्दर सिंहलाई १५ रनमा आउट गराए । १५ ओभरको समाप्तिमा ओमानले चार विकेटको क्षतिमा ६३ रन बनाएको छ ।
यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रन बनाएपछि ओमानले विशाल लक्ष्य पाएको हो । समूह ‘ए’ को खेलमा नेपालले ओमानलाई ठूलो लक्ष्य दिएको हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा ठूलो स्कोर हो ।