पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम शुरु

तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम शुरु गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम शुरु

काठमाडौं ।  तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम शुरु गरिएको छ। उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको हो।

ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्‌याउन थालिएको छ। बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुङ्गा छापेर आकर्षक बनाउन लागिएको छ । बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लवले यसअघि सडकमा सत्र स्थानमा बत्ती जडान गरेको थियो।

खबरपाटी
खबरपाटी