घरेलु टिम नेपालविरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले नवौँ विकेट गुमाएको छ ।
नेपालका लागि ललितनारायण राजवंशीले लगातार विकेट लिएका छन् । ललितले आसिफ खानलाई ४६ रनमा आउट गराए । लगतै ललितले जाहोर खानलाई आउट गराउँदै नेपाललाई नवौँ सफलता दिलाएका हुन् । यसअघि ललितले रामिज शाहजादलाई एक रनमा आउट गराएका थिए ।
यूएईले २७।३ ओभरमा आठ विकेटको क्षतिमा १०६ रन बनाएको छ । योसँगै टीयू मैदानमा फेरि पानी पर्न थालेपछि खेल रोकिएको छ ।
त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट लिए । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । सन्दीपले आयन अफ्जल खानलाई पाँच र रोहन मुस्तफालाई दुई रनमा आउट गराएका थिए ।
त्यस्तै, सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराए । गुल्सन झाले बासिल हामिदलाई १० रनमा आउट गराए । यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।