नेपालले गुमायो दोस्रो विकेट, आसिफ पनि आउट

नेपालले गुमायो दोस्रो विकेट, आसिफ पनि आउट

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले दिएको ११८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको घरेलु टिम नेपालले दोस्रो विकेट गुमाएको छ ।

पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई एक रनमा गुमाएको नेपालले दोस्रो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको हो । आसिफ आठ रनमा आउट भए । योसँगै नेपालले ६।१ ओभरमा दुई विकेटको क्षतिमा १९ रन बनाएको छ ।

वर्षाको कारण सोमबार प्रभावित भएको खेल आज यूएईले नेपाललाई झिनो लक्ष्य दिएको हो । वर्षाको कारण सोमबार २७।३ ओभरमा रोकिएको खेल आज यही अवस्थाबाट सुरू भएको हो । यूएईले ३३।१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । यूएईका लागि ११औँ नम्बरमा ब्याटिङ गर्न आएको जुनाइद सिद्धिकीले १० रनमा आउट भए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए । यसअघि सोमबार नेपालका लागि ललितनारायण राजवंशीले लगातार विकेट लिएका थिए । उनी ह्याट्रिक विकेट नजिक थिए । आज उनले २७।४ ओभरमा विकेट लिन नसकेपछि ह्याट्रिक विकेट पूरा भएन । तर ललितले सिद्धिकीको विकेट लिएसँगै यूएई अलआउट भएको हो ।

सोमबार ललितले आसिफ खानलाई ४६, रामिज शाहजादलाई एक र जाहोर खानलाई शून्यमा आउट गराएका थिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट लिए । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । सन्दीपले आयन अफ्जल खानलाई पाँच र रोहन मुस्तफालाई दुई रनमा आउट गराएका थिए ।

खबरपाटी
खबरपाटी